देश

काठमाडौंमा दशैं लक्षित सस्तो बजार

काठमाडौं, भदौ ३०–दशैंलाई लक्षित गरी हरेक वर्ष मेला आयोजना हुँदै, दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ। विगत जस्तै यस पटक पनि ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ। आयोजक संस्था इभेण्ट सोलुसन प्रालिले मेलाको सबै तयारी पूरा भइसकेको जनाएको छ।

यसअघि असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा आयोजकले १ दिन अगाडि नै मेला शुरु हुने जनाएको छ।मेलामा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए। मेलामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादनहरुको बिक्री तथा प्रदर्शन गरिने आयोजकले जनाएको छ।

मेलामा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने इभेन्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले जानकारी दिए। यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ।

Featured