देश राजनीति

कांग्रेसले रोष्टम घेराउ गरेपछि संसद बैठक स्थगित

काठमाडौं, भदौ ३०–बाँके घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बाँकेमा कांग्रेस सभामा आक्रमण भएको विषयलाई लिएर संसदमा कांग्रेसले आज पनि अवरोध गरेको छ ।

प्रतिनिधिसभाको बैठक शुरू भएपछि कांग्रेस सांसद पुष्पा भुसालले बाँके घटनामा संलग्न खजुरा नगरपालिका–१ का वडाध्यक्ष सुमन मल्लविरुद्ध प्रहरीले किटानी जाहेरी लिएको भन्दै कांग्रेस संसदको अवरोध खोल्न तयार रहेको बताएकी थिइन् । तर, बाँकेबाट प्रतिनिधित्व गर्ने सत्तारुढ नेकपाका सांसद नन्दलाल रोकायाले खजुरा वडाध्यक्ष मल्ल निर्दोष रहेको र कांग्रेसको कार्यक्रमा कुनै धक्कामुक्का नगरेको भनेर बचाउ गरेपछि कांग्रेसले बेल घेराउ गरेको हो ।

Featured