देश

समाजवादी पार्टीले संविधान दिवस थाहा नपाएजस्तो गर्ने

काठमाडौं, भदौ ३०–सत्ता साझेदार समाजवादी पार्टीले संविधान दिवस ‘थाहा नपाएको’ जस्तो गर्ने बताएको छ । उपेन्द्र यादव अध्यक्ष र बावुराम भट्टराई संघीयपरिषद अध्यक्ष रहेको समाजवादी पार्टीका तर्फबाट यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री छन् ।

सरकारले संविधान दिवस भव्य बनाउन दीपावली गर्ने, नेपालको झण्डा फहराउनेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ । तर उपप्रधानमन्त्रीले सो दिनलाई थाहा नपाएजस्तो गर्ने भएका छन् । समाजवादी पार्टीले संविधान दिवसको बिरोध पनि नगर्ने र समर्थन पनि नगर्ने बरु थाहा नपाएजसरी बस्ने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख प्रशान्त सिंहले विज्ञप्ति जारी गर्दै विद्यमान संविधान त्रुटीपूर्ण र अपूर्ण रहेको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको जनाएका छन् । उनका अनुसार पार्टीले संविधान दिवसका दिन मुलुकका सातै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवस्यकता विषयक अन्तरक्रिया भने तय गरेको छ ।

Featured