देश

ज्ञानेन्द्र शाही हिरासत मुक्त

काठमाडौं, भदौ ३०–आफूलाई भ्रष्टाचारविरोधी अभियान्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) प्रहरी हिरासतबाट मुक्त भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई सम्झाइबुझाइ छाडिदिएको हो । सार्वजनिक रुपमा बोल्दा शिष्ट र सभ्य भाषा प्रयोग गर्ने शर्तमा उनलाई सोमबार रिहा गरिएको परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

यसअघि प्रहरीलाई उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउने बताएको थियो । कुपोण्डोलस्थित नेपालका लागि नेपालीको कार्यालयमा आइतबार पत्रकार सम्मेलनका क्रममा कुटिएपछि प्रहरीले शाहीलाई सुरक्षाका लागि भन्दै जावलाखेल पुर्याएको थियो । तर, पछि उनलाई पक्राउ पुर्जी थमाएर प्रहरीमा हिरासतमा राखेको थियो ।

शाहीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ढिलाइले बुद्ध एयरको प्लेन एक घन्टा ढिला भएको भन्दै मन्त्रीलाई झपारेका थिए । तर, मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेटमात्र फ्लाइट डिले भएको र आफूलाई गाली गर्ने गणतन्त्रविरोधी भएको बताएपछि शाहीले पत्रकार सम्मेलन गरे ।

Featured