देश

अफिमसहित युवती पक्राउ

दाङ, भदौ ३०–दाङबाट लागूऔषध (अफिम)सहित एक युवती पक्राउ परेकी छिन्। रोल्पा थवाङ गाउँपालिका–२ घर भएकी २२ वर्षकी नविना रोकालाई प्रहरीले आइतबार साँझ दाङबाट पक्राउ गरेको हो।

दाङ घोराही उपमहानगरपालिका–३ गोग्ली डेरा गरी बस्ने रोका (घर्ती)लाई विरमाया पुनको कोठाबाट तीन किलो ३०० ग्राम अफिमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा २२ (ग) बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Featured