देश

आज सुनको मूल्य बढ्यो हेर्नुहोस्

काठमाडौँ, भदौ ३०-आज सुनको मूल्य बढेको छ। आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सोमबार रु ११ सयले बढेर ७१ हजार ३०० कायम भएको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मुल्य प्रतितोला ७१ हजार ३०० कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चादीको प्रतितोला ८६५ मा कारोबार भइरहेको छ। हिजोको तुलनामा आज चाँदीको मूल्य २५ रुपैयाले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

Featured