देश

पृथ्वीराजमार्गमा भारतीय बस दुर्घटना, २७ यात्रु घाइते

दमौली, भदौ ३०-पृथ्वीराजमार्ग अन्तर्गत रहेको तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।

मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को उक्त बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार रहेका २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन्।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

Featured