मनोरंजन विदेश

‘ग्याङ्स अफ वासेपुर’ ‘द गार्डियन’को उत्कृष्ट सयमा पर्न सफल

मुम्बई, एजेन्सी, भदौ ३०-अनुराग कश्यप द्वारा निर्देशित फिल्म ‘ग्याङ्स् अफ वासेपुर’ संसारका उत्कृष्ट सय सिनेमाको सूचिमा पर्न सफल भएको छ। यस सूचिमा पर्ने यो एकमात्र भारतीय फिल्म हो।

सिनेमा चर्चित बेलायती पत्रिका ‘द गार्डियन’को २१ औं शताब्दीको उत्कृष्ट सिनेमाको सूचिमा परेको हो। शनिबार कश्यपले आफ्नो इन्स्टाग्राममा आफ्नो सिनेमा यस सूचिको ५९ औं नम्बरमा परेको घोषणा गरेका हुन्।

‘ग्यागं अफ वासेपुर’ सन् २०१२ मा रिलिज भएको थियो। यस सिनेमाले झारखण्डको धनबाद जिल्लाको वासेपुर शहरमा रहेको एक कोइला माफियाको कथालाई प्रस्तुत गरेको छ।

उक्त सिनेमा वक्सअफिस र समिक्षकिय दृष्टिकोणमा समेत सफल भएको थियो। सिनेमामा मनोज बाजपेयी, नवाजद्दीन सिद्दिकी, पीयूष मेहरा तथा ऋचा चड्ढाले प्रमूख भूमिकामा अभिनय गरेका थिए।

‘द गार्डियन’ले निकालेको यस सूचिको एक नम्बरमा ‘देयर विल बि ब्लड’ सिनेमा रेहको छ बने १०० नम्बरमा लियोनार्दो डि क्याप्रियोको ‘वानस अपन अ टाइम इन हलिउड’ रहेको छ।

Featured