देश

मलेसिया रोजगारी खुल्यो, शून्य लागतमा जान पाइने

काठमाडौं, भदौ २९–१५ महिनादेखि रोकिएको मलेसिया रोजगारी आइतबारबाट औपचारिक रुपमा खुलेको छ । मलेसियामा जाने कामदारलाई श्रमस्वीकृति दिन सुरु गरिएको हो । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिबीच कात्तिकमा भएको सहमतिअनुसारनै रोजगारी खुला गरिएको हो । नेपालबाट शून्य लागतमा श्रमिक मलेसिया जान पाउनेछन् ।

मलेसिया जाने कामदारको सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्नेछ । मेडिकल खर्च पनि पहिलो महिनाको तलब दिदा रि फण्ड हुने मन्त्रालयले जनाएको छ । मलेसिया रोजगारी खुलाउने विषयमा गत कात्तिक ११ गते समझदारी भएको थियो । मलेसियामा अब नेपाली कामदारले लेभी पनि बुझाउन पर्दैन भने करार अवधि ३ वर्षबाट २ वर्षमा झारिएको छ । नेपाली कामदारले प्रत्येक महिनाको ७ तारिखभित्र तलब पाउनेछन् । यस्तै मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम तलब नहुने, अतिरिक्त समयमा काम गरेबापत थप पारिश्रमिक एवं सेवा सुविधा पाउनेछन् ।

Featured