देश

मदन भण्डारी राजमार्गको डीपीआर सुरु

सुर्खेत, भदौ २९–मदन भण्डारी राजमार्गको डीपीआरको काम सुरु भएको छ । सुर्खेतको पश्चिम क्षेत्र बड्डीचौरदखि बेनिघाटसम्मको ९४ किलोमिटर सडकको डीपीआरको काम सोमबारदेखि थालिएको हो । सडकको ६५ मिटर चौडाइको राजमार्गको लागि सुर्खेत जिल्लाको बराहताल गाउँपालिकाको बड्डीचौर जिरो प्वाइन्ट तोकिएको छ । पहिलो चरणमा चौकुने गाउँपालिकाको बेनिघाटसम्म ९४ किलोमिटर सडक बनाइने बताइएको छ । विस्तृत अध्ययनको उद्घाटन प्रतिनिधी सभा सदस्य नवराज रावतले गरेका छन् ।

राजमार्ग निर्माणको जिम्मा सिल्ट सीआईआरसी जीईओकम इन्जिनियरिङ कम्पनीले पाएको छ । डीपीआ तयार पार्न दुई महिनाको समय लाग्ने बताइएको छ । सुर्खेत जिल्लाको काल्चे मालारानीदेखि बेनीघाटसम्मको २ सय ३२ किलोमिटर राजमार्गलाई दुई चरणमा निर्माण गरिँदै छ । मदन भण्डारी राजमार्ग राष्ट्रिय गौरबको आयोजनासमेत हो ।

Featured