खेलकुद देश

बजेट अभावले सागको तयारी नरोकिने मन्त्री विश्वकर्माको दावी

पोखरा, भदौ २९युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले दक्षिण यशियाली खेलकुद (साग)लाई लक्षित गरी निर्माण भइरहेका कुनै पनि पूर्वाधार बजेट अभावले नरोकिने बताएका छन् । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले पूर्वाधारको काम बजेट अभावका कारण नरोकिने बताएका हुन ।

उनले आगामी साग खेलका लागि आवश्यक पूर्वाधार तयार गर्न सबै पक्षको सहयोग मिलेको बताए । ‘बजेट अभावमा पूर्वाधार निर्माणको काम रोकिँदैन,’ उलले भने, ‘कामको प्रगतिको आधारमा रकम निकासा हुन्छ । तीव्र गतिमा काम अगाडि बढाउन मैले भनेको छु ।’

१३औं साग आउन ७८ दिन बाँकी रहेको बताउँदै मन्त्री विश्वकर्माले पूर्वाधार निर्माणमा लागेका कम्पनीहरुलाई तीव्र रुपमा काम गर्न आग्रह गरे । उनले देशको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण प्रतियोगिता भएको बताउँदै मन्त्रालय र राखेप व्यवस्थापकीय पक्षमा केन्द्रित भएर लागेको दाबी गरे ।

Featured