मनोरंजन

आयुष्मान खुरानाको ‘ड्रिम गर्ल’ ले र्गयो आक्रामक व्यापार

एजेँन्सी, भदौ २९–बलिउड अभिनेता आयुष्मान खुरानाको चर्चा चुलिँदै छ । चलचित्र ‘अन्धाधुन’ मा उत्कृष्ट अभिनय गरेका कारण ‘नेशनल अवार्ड’ जितेका खुरानाको अर्काे चलचित्र ‘ड्रिम गर्ल’ ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । चलचित्रमा केटीको आवाजमा कुरा गर्ने एक युवाको कथा देखाइएको छ । यसअघि उनको चलचित्र ‘आर्टिकल १५’ ले पनि कमाइसँगै राम्रै तारिफ बटुल्न सफल भएको थियो ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले दुई दिनमा २६.४७ करोडको व्यापार गरेको छ । शुक्रबार १०.०५ करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार १६.४२ को व्यापार गरेको हो । बलिउडका व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर चलचित्रको कमाइबारे जानकारी दिएका छन् ।

तरणले चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन ६३.३८ प्रतिशतले बढेको बताएका छन् । तरणका अनुसार चलचित्रको तेस्रो दिन अझै बढ्न सक्नेछ । चलचित्र समीक्षकहरूले पनि चलचित्रको प्रशंसा गरेका छन् । राज शाडिल्यले निर्देशन गरेको चलचित्रमा आयुष्मानका अलावा अन्नु कपुर, नुशरत भरुचा, अभिषेक बनजी र विजयराजलगायतको शीर्ष भूमिका छ ।

Featured