खेलकुद विदेश

भ्यालेन्सिया माथि बार्सिलोनादको सानदार जीत

काठमाडौं, एजेन्सी, भदौ २९-लुईस स्वारेजले दुई गोल गरेको खेलमा साविक विजेता बार्सिलानाले स्पेनिस ला लिग फुटबलमा सानदार जित निकालेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोलले हरायो। बार्सिलोनाको जितमा लुईस स्वारेजले दुई, अन्शु फाती, डी जोङ र जेरार्ड पीकेले एक एक गोल गरे। भ्यालेन्सियाका लागि केभिन गामिरो र म्याक्सी गोमेजले एक एक गोल गरे।

पहिलो रोजाईमा परेको बार्सिलोनाका १६ बर्षीय फातीले दोस्रो मिनेटमै खाता खोलेका थिए। सातौ मिनेटमा गोल गर्दै डी जोङले बार्सिलोनाको अग्रता दोब्बर बनाए। पाहुना टोलीका गेमिरोले २७आंै मिनेटमा एक गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरे। ५१आंै मिनेटमा जेरार्ड पीकेले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए। ६१औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–१ को स्थितीमा ल्याए।

८२औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गरे। दोस्रो हाफको इन्जुरी समयमा गोमेजले गोल गर्दै भ्यालेन्सियाको हारको अन्तर घटाएका थिए। जितसँगै चार खेलबाट सात अंक बनाएको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ। चार अंक बनाएको भ्यालेन्सिया १४औं स्थानमा छ।

ला लिगाकै अन्य खेलमा शीर्ष टोली एट्लेटिको म्याड्रि«ड रियल सोसियडाडसँग २–० गोलले पराजित भएको छ। सोसियडाडको जितमा मार्टिन ओडेगार्डले ५८औं र नाचो मोनारेलले ६१औं मिनेटमा गोल गरे। हारेपनि शीर्ष स्थानमा रहेको एट्लेटिकोको नौ अंक छ। सोसियडाड सात अंक सहित छैटौं स्थानमा छ। अर्को खेलमा भिल्लारियलले लेगानेसलाई ३–० गोलले पराजित गरेको छ।

Featured