देश

आज बिदेशी मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस्

काठमाडौँ, भदौ २९-नेपाल राष्ट्र बैंकले आज मिति २०७६ भदौ २९ गते आइतबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपयाँ १७ पैसा रहेको छ भने बिक्रि दर ११३ रुपयाँ ७७ पैसा नेपाली रुपयाँ रहेको छ। अघिल्लो साता आजकै दिन अमेरिकी डलरको खरिद दर १ अमेरिकी डलर बराबर ११४ रुपयाँ ४६ पैसा रहेको थियो। अघिल्लो साता आजकै दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको हो।

हामीले नेपालीहरु बढी रहेका बिभिन्न देशलाई महत्व दिएर बिदेशी विनिमय दरको साप्ताहिक तुलनात्मक विनिमय दरको अपडेट गर्ने गरेका छौं। बिशेष गरि मलेसिया, कतार, युएई,साउदी अरव, कुवेत, कोरिया र जापानको मुद्राको विनिमय दर बारे तपाइले तुलनात्मक जानकारी प्राप्त गर्न सक्नुहुनेछ।

आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २७ रुपयाँ १८ पैसा र बिक्रीदर नेपाली २७ रुपयाँ ३२ पैसा रहेको छ।

अघिल्लो साता (आजकै दिन) मलेसियाको पैसाको खरिद दर १ रिंगिट बराबर २७ रुपयाँ ३८ पैसा रहेको थियो। अघिल्लो साता आजकै दिनको तुलनामा आज मलेसियाको पैसाको भाउ केहि पैसाले घटेको हो।

आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली ३१ रुपयाँ ८ पैसा ३१ रुपयाँ २५ पैसा रहेको छ।

अघिल्लो साता (आजकै दिन) १ कतारी रियालको खरिद दर नेपालीमा ३१ रुपयाँ २६ पैसा रहेको थियो। अघिल्लो साता आजकै दिनको तुलनामा आज कतारको पैसाको भाउ १८ पैसाले सस्तिएको हो।

आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली ३० रुपयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ९७ पैसा रहेको छ।

अघिल्लो साता (आजकै दिन) युएईको पैसाको खरिद दर १ दिराम बराबर ३१ रुपयाँ १६ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज युएईको पैसाको भाउ ५० पैसाले घटेको देखिन्छ।

आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली ३० रुपयाँ १७ पैसा तोकिएको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ३३ पैसा तोकिएको छ।

अघिल्लो साता (आजकै दिन) साउदीको पैसाको खरिद दर १ रियाल बराबर ३० रुपयाँ ५१ पैसा तोकिएको थियो। अघिल्लो साता आजकै दिनको तुलनामा आज साउदी अरवको पैसाको भाउ केहि पैसाले घटेको देखिन्छ।

आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली रुपयाँ ३७२ रुपयाँ ४६ पैसा र बिक्रीदर नेपाली ३७४ रुपयाँ ४३ पैसा रहेको छ।

अघिल्लो साता (आजकै दिन) कुवेतको पैसाको खरिद दर १ दिनार बराबर ३७६ रुपयाँ ६४ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कुवेतको पैसाकोको भाउ ४ रुपयाँ १८ पैसाले घटेको देखिन्छ।

आज साउथ कोरियाको पैसाको खरिददर १०० वन बराबर नेपाली ९ रुपयाँ ६१ पैसा र बिक्रीदर नेपाली ९ रुपयाँ ६६ पैसा रहेको छ।

अघिल्लो साता (आजकै दिन) साउथ कोरियाको पैसाको खरिद दर १०० वन बराबर ९ रुपयाँ ६० पैसा रहेको थियो। अघिल्लो साता आजकै दिनको तुलनामा आज दक्षिण कोरियाको पैसाकोको भाउ भने १ पैसाले मात्र बढेको देखिन्छ।

आज जापानको पैसाको खरिददर १ एन बराबर नेपाली १० रुपयाँ ४८ पैसा र बिक्रीदर नेपाली १० रुपयाँ ५४ पैसा रहेको छ।

अघिल्लो साता (आजकै दिन) जापानको पैसाको खरिद दर १० एन बराबर १० रुपयाँ ७१ पैसा रहेको थियो। अघिल्लो साता आजकै दिनको तुलनामा आज जापानको पैसाकोको भाउ २३ पैसाले घटेको देखिन्छ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

Featured