देश

को बन्छ करोडपति जितेको ३ महिनापछि मात्र जैनले पाए चेक

काठमाडौं, भदौ २८–महानायक राजेश हमालले संचालन गरेको ‘को बन्छ करोडपति’ का विजेता राजीव जैनले तीन महिनापछि एक करोडको चेक पाएका छन् । बिहिबार ललितपुरमा एक कार्यक्रमाबीच विजेता जैनलाई एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, कार्यक्रम प्रस्तोता महानायक राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ, क्रिएटिभ निर्देशक सुरक्षा अधिकारीलगायतले एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।

केबिसीको पहिलो संस्करणमा विजेता भएको झण्डै तीन महिनापछि राजिवले एक करोड पाएका हुन् । एपीवान टेलिभिजनबाट प्रशारण भएको सो कार्यक्रममा एक करोड जितेलगत्तै राजीव जैनले उक्त रकमको हिस्सा समाजसेवा तथा विश्व भ्रमणका लागि खर्चिने बताएका छन् । बिहिबार रकम बुझेपछि जैनले नेपालका अधिकाशं स्थान घुम्न बाँकी रहेकाले मन बदलिएको हुन् ।

‘नेपालका घुम्नबाँकी ठाउँ घुमेपछि मात्रै बाहिरी मुलुक घुम्ने योजना बनाएको छु, केही रकम समाजसेवामा पनि लगाउनेछु’, उनले भने । चेक हस्तान्तरण कार्यक्रममा एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत सिइओ) विपीन कुमार आचार्यले ‘को बन्छ करोडपति’ लाई दर्शकले अत्याधिक मन पराइदिएकोमा खुसी व्यक्त गरे ।

Featured