देश

पितृ उद्यान स्तम्भको उद्घाटन सम्पन्न

धनकुटा, भदौ २८–धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिर परिसरमा पितृ उद्यान स्तम्भको शनिबार उद्घाटन गरिएको छ । करिब २२ लाख रुपैयाँ लागतमा निर्माणको अन्तिम चरणमा रहेको स्तम्भ सोह्रश्राद्धको अवसर पारेर उद्घाटन गरिएको हो ।

२०७३ सालमा विश्रान्ति मन्दिरमा लगाइएको श्रीमद् भागवत महापुराणबाट उठेको रकमबाट पितृ उद्यान स्तम्भ निर्माण गरिएको विश्रान्ति मन्दिर आश्रम व्यावस्थापन समितीले जनाएको छ । उद्यान स्तम्भमा पितृका नाममा तर्पण दिने व्यवस्था मिलाइएको छ ।

Featured