मनोरंजन

‘म्युजियम’ को ट्रेलर सार्वजनिक

काठमाडौं, भदौं २८–भर्खरै लघु चलचित्र ‘रुम नं. ३’ सार्वजनिक गरेको मगन इन्टरटेन्मेन्टले फेरि अर्को लघु चलचित्र ‘म्युजियम’ को ट्रेलर सार्वजनिक गरेको छ । मिटिङ प्वाइन्ट, नेपाल मिडिया फाउण्डेसन र मगन ईन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बनेको ‘म्युजियम’ फिक्सन कथामा आधारित छ ।

पवन प्याकुरेलको निर्माण नियन्त्रणमा बनेको लघु चलचित्र ‘म्युजियम’ को छायांकन रोशन श्रेष्ठले गरेका छन् । चलचित्रमा लक्ष्मी कुमार महर्जन, सोफिला कार्की, हंशिका बज्राचार्य (बालकलाकार) लगायतको अभिनय छ । स्वयम्भू अवस्थित प्राकृतिक विज्ञान संग्राहलयमा छायांकन गरिएको चलचित्रको कलर करेक्सन संजिवरत्न शाक्यले गरेका हुन् ।

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल किम्फ) र नेपाल भाषा लघु चलचित्र प्रतियोगितामा सहभागी भइसकेको ‘म्युजियम’ केहि महिना पछि मगन इन्टरटेन्मेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक गरिने निर्देशक रजिन महर्जनले जानकारी दिए ।

Featured