विदेश

अमेरिकी सांसदहरूले भारत-पाकिस्तानबिच तनाव कम गर्न पत्र लेखे

एजेन्सी, भदौ २८–अमेरिकी डेमोक्रेट सांसदहरूले जम्मु(कस्मिरको स्थितिमा गम्भीर चिन्ता प्रकट गरेका छन् । उनीहरूले नयाँदिल्ली र इस्लामाबादमा रहेका अमेरिकी राजदूतहरूसँग भारत र पाकिस्तानबिचको तनाव कम गर्न पत्र लेखेर सुझाव दिएका छन् । जम्मु(कस्मिरबाट अनुच्छेद ३७० हटाएपछि यी दुवै देशबिच तनाव बढेको छ ।

डेमोक्रेट सांसदहरूले शुक्रबार भारतमा रहेका अमेरिकी राजदूत केनेथ जस्टर र पाकिस्तानमा रहेका राजदूत पाल डब्लु जोन्सलाई पत्र लेखे । पत्रअनुसार अमेरिकी सांसदहरूले यस्ते अवस्थामा भारत र पाकिस्तानबिच सम्बन्धमा सुधार हुन सक्दैन । भारत र पाकिस्तानबिचको द्वन्द्वले विश्वमा शान्ति र अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि पनि खतरा हुन जान्छ ।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार पत्रमा पाकिस्तान र भारत दुवै मुलुक अमेरिकाका महत्वपूर्ण सहयोगी हुन् । अफगानिस्तानको शान्ति प्रक्रियासँगै यस क्षेत्रमा पनि तनाव कम हुनु हाम्रो हितका लागि आवश्यक छ । अब हामी लागेर भारत(पाक सरकारबिच असल सम्बन्धको लाभ उठाउनुपर्छ । आफ्ना राजदूतहरूलाई यसतर्फ कदम चाल्न सांसदहरूले आग्रह गरेका छन् ।

पत्रमा इल्हान उमर, राउल एम ग्रिजल्वा, एन्डी लेविन, जेम्स पी म्याक्वर्न, टेड लियु र एलन लोवेनथालले हस्ताक्षर गरेका छन् ।बिहीबार चार अमेरिकी सांसदहरूले जम्मु(कस्मिरको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ सञ्चार व्यवस्था यथावत् गर्न र हिरासतमा लिइएका नेताहरूलाई पनि रिहा गर्नुपर्ने बताएका छन् । साथै पाकिस्तानले आतंकवादको समर्थन र कस्मिरमा अस्थिर आउने कुनै कदम चाल्नु हुँदैन ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ सेप्टेम्बरमा विगत दुई सातामा भारत र पाकिस्तानबिच तनाव कम भएको बताएका थिए । साथै उनले चौथो पटक दुवै देशलाई सघाउने प्रस्ताव गरेका थिए । ट्रम्पले भनेका थिए, ‘उनीहरूलाई ज्ञात नै छ, मेरो दुवै देशसँग सुमधुर सम्बन्ध छ अनि म उनीहरूलाई सहयोग गर्न चाहन्छु ।’

Featured