देश

माहोल बिगार्ने मेरो नियत होइन : अध्यक्ष प्रचण्ड

इलाम, भदौ २८–पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कूटनीतिक माहोल बिगार्ने नियतले आफूले नबोलेको बताएका छन् । इलाम सदरमुकाममा शनिबार बिहान पत्रकारहरुसँगको साक्षात्कारमा दाहालले आफूले अन्तर्रा्ष्ट्रिय सम्बन्ध बिगार्ने नियतले नबोलेको बताएका हुन । ‘मैले अन्तर्रा्ष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आए,’ उनले भने, ‘म सबै राष्ट्रसँग समान सम्बन्ध भएको हेर्न चाहन्छु ।’ दाहालले मुलुकको हित र कुनै देशको नीतिविरुद्ध आफूले नबोलेको बताए ।

अर्को प्रशंगमा दाहालले नयाँ नेपालमा नयाँ व्यवस्था सुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेको बताए । दाहालले गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेभन्दै नेता र गुटकेन्द्रित हुँदा त्यसले आफैलाई सक्ने भएकाले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्नेमा जोड दिए ।

Featured