देश मनोरंजन

विद्यालय नाटक महोत्सवमा ‘प्रधानमन्त्री’ मञ्चन

विराटानगर, भदौ २८–आरोहण–गुरुकुल विराटनगरको आयोजनामा जारी विद्यालय नाटक महोत्सवमा ‘प्रधानमन्त्री’ मञ्चन भएको छ । लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुल विराटनगरले महोत्सवको आठांै दिनमा स्कूलका अध्यक्ष चिरञ्जिवी तिम्सिनाद्वारा निर्देशित नाटक मञ्चन गरेको हो ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन भएको नाटकमा स्कूलका ४६ जना विद्यार्थीले अभिनय गरेका थिए । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मंचन भएको नाटकमा प्रभावशाली प्रधानमन्त्रीमार्फत सकारात्मकतालाई देखाइएको थियो ।

प्रभावशाली प्रधानमन्त्रीको परिकल्पना गरि उसले समृद्ध देश बनाएका विभिन्न कार्यहरुलाई नाटकमा रोचक ढंगले देखाइएको थियो । नाटक मञ्चनपछि विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, ट्रेड युनियन कांग्रेसका प्रदेश १ संयोजक नारायणबाबु कार्कीलगायतले निर्देशक तिम्सिनालाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

आरोहण–गुरुकुल विराटनगरको आयोजनामा जारी महोत्सवअन्तर्गत आज श्री श्री रविशंकर विद्या मन्दिरले“चण्डालिका एक अनन्त प्रेम कहानी” मञ्चन गर्नेछ । भदौ २० गतेदेखि सुरु भएको महोत्सव भदौ २९ गते आइतबार समापन हुने आरोहणका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

Featured