देश

न्यायाधिवक्ताको सवारी मोह : आफू अनुकूल कानुन बनाएपछि विवादमा

काठमाडौं, भदौ २८–प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा विवादमा तानिएका छन् । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐनमा सरकारी सवारीसाधनलाई रीत पुर्याएर निजी बनाउन सकिने व्यवस्था गरेपछि झा आलोचनामा परेका हुन् । ऐनको अनुसूची १ दफा १४ सँग सम्बन्धित मुख्य न्यायाधिवक्ताको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी शीर्षकमा सरकारी सवारीसाधनलाई निजी बनाउन सकिने प्रावधान थपिएको छ ।

प्रदेश सरकारको मुख्य कानुनी ल्लाहकार मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सरकारको कानुनी बाधाअड्चन, जटिलना र प्रदेशको हितमा काुननी राज्यको स्थापनामा महत्तवपूर्ण भूमिका निर्वाह गर्नु हो । मुख्य न्यायाधिवक्ता कार्यालयले २ वटा गाडी खरिद गरेको छ । मुख्य न्यायाधिवक्ता झाले ट्रयानो गाडी चढ्दै आएका छन् भने स्कारपियो कर्मचारीले प्रयोग गर्दै आएका छन् ।

अनुसूचीबमाजिमको सुविधा मुख्य न्यायाधिवक्ताको कार्यकाल किएको मितिले सात दिनसम्म दिइने ऐनमा उल्लेख छ । सार्थ उनले प्रयोग गरिरहेको सवारीसधान अवकाश हसँदा खरिद गरी लौजान चाहेमा किताबी मूल्य लिई निजलाई हस्तान्तरण गरिने प्रावधान छ । यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured