देश साहित्य

लक्ष्मी पोखरेलद्वारा लिखित ‘पत्रैपत्रमा तिमी’ कवितासंग्रहको विमोचन

विराटनगर, भदौ २८–कवि लक्ष्मी पोखरेलद्वारा लिखित ‘पत्रैपत्रमा तिमी’ कवितासंग्रहको आज विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको कवितासंग्रह विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ कवि विष्णुविभू घिमिरे, डा. विमल कोइराला, समालोचक दधिराज सुवेदी, प्राध्यापक कविराज न्यौपाने, राजनीतिज्ञ महेश रेग्मी, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, महासचिव गोकुल अधिकारीलगायतले संयुक्त रुपमा विमोचन गरे ।

विमोचित कृतिमाथि समालोचक भूषण ढुंगेलले समीक्षा गर्दै पोखरेलको कवितासंग्रहले समसामयिक विषयलाई सशक्त रुपमा उठाएको बताए । प्रतिष्ठानले ७६ औं कृतिका रुपमा पोखरेलको कवितासंग्रह प्रकाशित गरेको प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिए । प्रतिष्ठानले प्रकाशित गरेका कृतिले मदन पुरस्कार, प्रतिभालगायतका विभिन्न पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । संग्रहमा विभिन्न शीर्षकका ४३ वटा कविता छन् ।

Featured