देश

रिहा भएलगत्तै विप्लव समूहका नगर इन्चार्जले पार्टी छाडे

डडेल्धुरा, भदौ २८–डडेल्धुरामा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक नगर इन्चार्ज दमन दमाइ (नेपाली)ले रिहा भएलगत्तै पार्टी छोडेका छन् । परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमाइ १८ भदौमा गाउँबाटै पक्राउ परेका थिए । शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट १५ हजार धरौटीमा छुटेलगत्तै उनले विज्ञप्ति निकालेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

‘नेपाल कम्युनिस्ट पार्टी परशुराम नगर इन्चार्जका रुपका काम गर्दै आएकोमा हाल नेपाल सरकारले सो पार्टीलाई प्रतिबन्ध लगाएको अवस्थामा सो पार्टीले बोकेको सिद्धान्तसमेत मलाई मन नपरेकाले सो पार्टीको कुनै पनि किसिमको जिम्मेवारीमा नरहने गरी सो पार्टी परित्याग गरिएको जानकारी गराउँदछु । साथै आइन्दा कुनै पनि किसिमको हिंसात्कम गतिविधिमा संलग्न नहुने र स्वतन्त्रपूर्वक जीवनयापन गर्ने कुरासमेत अवगत गराउँदछौं,’ उनले हस्ताक्षर गरेको विज्ञाप्तिमा भनिएको छ ।’

Featured