देश

प्रदेश नं २ को प्रदेशसभा दोस्रो पटक अवरुद्ध

जनकपुर, भदौ २७–शुक्रबार सांसदहरुले प्रदेश २ को प्रदेश सभासांसद विकास कोष र प्रदेश सरकारले कार्यान्वयन गरेका योजनाको भुक्तानी नदिएको विरोधमा अवरुद्ध गरेका छन्। योजना सम्पन्न भइसकेको लामो समय सम्म पनि भुक्तानी नदिएको भन्दै उनीहरुले अवरुद्ध गरेका हुन्। सत्तारुढ र विपक्षी दुबैथरी दल सांसद अवरुद्धमा संलग रहेका छन्। भदौ २२ गतेको प्रदेशसभा बैठक पनि रकम निकासा नभएको भन्दै अवरुद्व गरेका थिए। शुक्रबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक पनि सांसदहरुले सुरुमै अवरुद्ध गरे। सभामुख सरोजकुमार यादवले रकम निकासाबारे शुक्रबारको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि सांसदहरुले केहीबेर बैठक चल्न दिएका थिए।

तर सरकारले आजै जवाफ नदिएको कारण सांसदहरुले पुनः बैठक अवरुद्व गरेका हुन्। विपक्षी दल नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले सरकारले सम्पन्न भइसकेका योजनाको निकासा दिन नमानेको र सभामुखको रुलिङको समेत अवज्ञा गरेको कारण बैठक अवरुद्व गर्ने घोषणा गरेका थिए। उनको घोषणासँगै प्रतिपक्षी नेकपा र कांग्रेसका सांसद तथा सत्तारुढ राजपाका समेत केही सांसदले उठेर बैठक अवरुद्व गरेका थिए।

भने आगामी २९ गते बोलाइएको छ। सभामुख सरोजकुमार यादवले रकम निकासा गर्न नसकेको सन्दर्भमा जवाफ दिन रुलिङ गरेका छन्। सांसदहरुका भनाइ अनुसार समयमै योजना सम्पन्न गरी कागजात पेश गर्दा समेत निकासा नदिएको छ। ‘संसदीय कोषका साथै प्रदेशबाट गएका योजनाहरु समयमै पूरा भए पनि सरकारले निकासा गर्न अलमल गरिरहेको छ’ सत्तारुढ राजपाका सांसद विदेश्वर यादव ‘विक्की’ ले भने, ‘जसले कमिसन दिए, उसले उहिल्यै निकासा पाइसकेका छन् भने कमिसन नदिएकाहरुले पाउन सकेका छैनन्।’

असारको अन्तिम समयमा काम सकेर कागजात पेश गर्नेहरुले साउनको १ गते नै निकासा पाइसके। तर आफूहरुले वैशाखमै काम गरेर बुझाए पनि निकासा पाउन नसकेको सांसद यादवल बताए। ‘यसको प्रमुख कारण नै कमिसन हो’ उनले थपे, ‘हामीले कमिसन नदिएको कारणले नै निकासा गर्न ढिलाइ गराइएको हो।’

Featured