देश

भारतमा डुंगा डुब्दा ११ जनाको मृत्यु

एजेन्सी, भदौ २७–भारतको भोपालमा गणेशको ठूलो मूर्ति विसर्जन गर्ने गएका भक्तजन चढेको डुंगा डुब्दा ११ जनाको मृत्यु भएको छ । मध्य प्रदेश राज्यको राजधानी भोपालको एक तालमा सो दुर्घटना भएको हो । तालबाट पाँच जनालाई उद्धार गरिएको प्रहरी अधिकारीले बताएका छन ।

प्रहरकिा अनुसार तालमा गणेशको ठूलो मूर्तिलाई विसर्जन गर्ने क्रममा सो दुर्घटना भएको थियो । तालबाट ११ वटा शव निकालिएको छ । हिन्दुहरुले भगवान गणेशको जन्मदिन मनाइरहेका छन् । गणेशलाई बुद्धि, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ । डुंगामा क्षमताभन्दा बढी यात्रु चढ्ने गरेकाले भारतमा लगातार यस्ता दुर्घटना भइरहेका छन् । ग्रामीण क्षेत्रका अधिकांश डुंगामा लाइफ ज्याकेटबिना नै मानिसहरु यात्रा गर्ने गर्छन् ।

Featured