देश

ब्लड क्यान्सरपीडित देवद्वारा सहयोगको अपिल

डडेल्धुरा, भदौ २६–डडेल्धुराको भित्री मधेशमा पर्ने परशुराम नगरपलिका–१० भित्तेसालका ब्लडक्यान्सरपीडित देवबहादुर विष्टले आर्थिक सहयोगका लागि अपिल गरेका छन्। हालसम्म ३० लाखभन्दा बढी रकम आफ्नो उपचारमा खर्चिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको दुःखेसो पोख्दै उनले सबैमा आर्थिक सहायताका लागि अपिल गरेका हुन्।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत उनलाई २०७४ फागुनमा घर फर्किएपछि एक्कासि ब्लड क्यान्सरको समस्या देखा परेको थियो। करिब ७ महिनाअघिदेखि ब्लड क्यान्सरबाट पीडित २६ वर्षीय विष्ट हाल भारतस्थित डीआर.क्रिस्नस क्यान्सर हेलर सेन्टर प्रालिबाट औषधि सेवन गरिरहेका छन्।

आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले ब्लड क्यान्सरपीडित छोराको उपचारमा कठिनाइ भएको उनका बुबा रामबहादुर विष्टले दुःखेसो पोखे। सहयोग गर्न चाहनेहरूले नेपाल बैंक लिमिटेड, जोगबुडा शाखामा रहेको देवबहादुर विष्ट नामको खाता नं २४४०१००६६८५०२३०००००१ मा सहयोग रकम जम्मा गर्न सकिनेछ।

Featured