देश

१ लाख १० हजार घूस रकमसहित न्यायाधीशका सवारीचालक पक्राउ

जनकपुर, भदौ २६–सिरहाका एक न्यायाधीशका सवारीचालकलाई घससहित पक्राउ परेका छन् । सवारीचालक वृजमोहन यादवलाई १ लाख १० हजार घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका यादव जिल्ला अदालत सिरहाका इजलास ३ का न्यायाधीश नरनारायण पौडेलका सवारीचालक हुन् ।

अख्तियारको महोत्तरीको बर्दिवास कार्यालयबाट गएको टोलीले यादवलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारको बर्दिवास प्रवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिएका छन् । घिमिरेका अनुसार यादवले अदालतमा विचाराधीन रहेको मुद्दा मिलाइदिने भन्दै पीडितसँग रकम माग गरेको थिए ।

Featured