देश

दसैंको टिकट असोज ५ गतेदेखि खुल्ने

काठमाडौं, भदौ २५-यातायात व्यवस्था विभागले दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ला गरिने भएको छ।

यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन। दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ।

Featured