देश

कञ्चनपुरबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी

बुटवल, भदौ २६-कञ्चनपुर बाट काठमाडौं तर्फ आउँदै गरेको ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा आज बिहान ५ बजे इन्जिन सर्ट भएर आगलागी भएको छ।

आगलागीका कारण उक्त बस पूर्णरूपमा क्षति भए पनि मानवीय क्षति भने केही नभएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए।

‘त्यहाँबाट आउँदै गरेको बस दाउन्ने पुगेर बिग्रिएको र यात्रुहरूलाई अर्को गाडीमा राखेर पठाएको थियो। पछि खाली गाडी बिग्रिएर बनाउन लग्ने क्रममा इन्जिन सर्ट भएर आगलागी भएको हो’, डिएसपी थापाले भने।

Featured