देश

प्रदेश ३ बाट ४५ विधेयक पारित, ३८ वटा प्रमाणीकरण

हेटौंडा, भदौ २६–प्रदेश ३ को प्रदेशसभाले ४५ वटा विधेयक पारित गरेको छ । सभाको चौथो अधिवेशन अन्त्यसँगैसभामुख सानुकुमार श्रेष्ठले बिहीबार पत्रकारसम्मेलन गर्दै सभाले हालसम्म गरेका कामको बारेमा जानकारी दिएका हुन् । प्रदेशसभाको चौथो अधिवेशन ३० बैशाख २०७६ मा सुरु भइ २५ भदौमा सकिएको हो । सो अवधिमा दर्ता भएका ७ वटा र तेस्रो अधिवेशनमा दर्ता भएका १० वटा विधेयक पारित भएको सभामुख श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभाबाट पास भएका ४५ वटा विधेयक मध्ये ३८ वटा प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्रमाणीकरण भइसकेको उनले बताए । बाँकी रहेका ७ वटा प्रमाणीकरणको चरणमा रहेको सभामुख श्रेष्ठले जानकारी दिए । यसबाहेक प्रदेशसभाले प्रदेशको स्थायी राजधानी तोक्ने सम्वन्धि कार्य्विधि प्रदेशसभा नियमावली –पहिलो संसोधन) २०७६ समेत पारित गरेको श्रेष्ठले बताए । प्रदेशसभाको पाँचौ अधिवेशन दशैतिहासपछि मात्र बस्ने उनले जानकारी दिए । प्रदेश प्रहरी ऐन र अत्यावश्यक विधेयकहरु ल्याउनु पर्ने भएकाले लामो समयसम्म सभा स्थगित नहुने श्रेष्ठको भनाइ छ ।

Featured