विदेश

म्यासेजका कारण किशोरीले गरिन् आत्महत्या, आमाबुबा सतर्क रहनुहोस् !

hands with computer social media message vector illustration

काठमाडौं, एजेन्सी, भदौ २५-सामाजिक सञ्जाल हामीलाई जति फाइदाजनक छ त्यति नै यसका बेफाइदाहरु पनि छन्। मानिसले यसको गतल प्रयोगले जीन्दगीमा तनावबाहेक केही हुँदैन।

सामाजिक सञ्जालमा हुने भिडिया कल, अडियो कल र म्यासेज गर्दा के गर्न हुने र के गर्न नहुने भन्ने जान्दाजान्दै र नजानेर आजभोलि थुप्रै युवायुवती यसको लतमा फसेका मात्र छैनन् अनेक प्रकारका घटनाहरु पनि घट्न थालेका छन्।

यसैबीच, भारतमा केहि युवाहरुको लगातारको अश्लील म्यासेजले दिक्क भएर एक किशोरीले आत्महत्या गरेकी छिन्।

राजस्थानकी श्री गंगानगर जिल्लामा सामाजिक सञ्जालमा आएको अश्लिल म्यासेसले दिक्क भएर एक किशोरीले आत्महत्या गरेकी हुन्। केहि युवाहरुले लगातार उनलाई अश्लिल म्यासेज पठाएका थिए। यति मात्र होइन ती युवतीको विषयमा सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने किसिमका कुराहरु पनि फैलाइएको थियो। जसबाट पीडित युवतीले आत्महत्याको बाटो रोजिन्। पुलिसले ती युवाहरुको विरुद्ध उजूरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ।

पढाईमा मेधावी ति युवती गंगानगरमा बीएससी प्रथम वर्षमा अध्ययनरत थिइन्। उनी वैज्ञानिक बन्न चाहान्थिन्। उनी पढाइमा उनका केटा साथीहरुभन्दा निकै अगाडि आउथिन्।

केहि दिन अगाडि उनी घर आएकी थिइन्। उनले आफ्ना पितालाई यसबारे जानकारी गराएकी थिइन्। उनका पिताले ती युवाहरुलाई फोन गरेर त्यसो नगर्न सम्झाएका पनि थिए। त्यसपछि ति युवाहरुले युवतीको फोन नम्बर ब्लक गरिदिएका थिए। तर उनी फर्केपछि पुनः अश्लिल म्यासेज आउन थालेको प्रहरीले पत्ता लगाएको छ।

यस्तो परिस्थितीमा किशोरकिशोरीका आमाबुबाले आफ्ना छोराछोरीलाई साथ र हिम्मत दिनुपर्छ। यस्ता परिस्थिती सिर्जना भएको अवस्थामा हरेक युवायुवतीले आफूलाई बुझ्न सक्ने आफन्तलाई समस्या सुनाउनुपर्छ।

Featured