देश

विराटनगरमा छोरी बचाउ अभियान प्रभावकारी बन्दै

विराटनगर, भदौ २६–स्थानिय तहहरु मध्ये नेपालमै पहिलो पटक छोरी बचाउ अभियान सुरु गरेको विराटनगर महानगरपालिकाका अभियान प्रभवकारी बन्दै गएको छ । विराटनगर महानगरपालिकाले छोरी वचाउ अभियान अन्तर्गत पहिलो छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता प्रदान गरेको छ ।

समाजमा देखिने छोरा र छोरी विचको विभेद अन्त्य गर्न महानगरपालिकाले यो अभियान प्रारम्भ गरेको हो । महानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी पहिलो छोरी जन्माउने आमा लाई प्रोत्साहन भत्ता स्वरुप तीन हजार रुपैया प्रदान गरेको छ । महानगरपालिकाले छोरी वचाउ अभियान अन्तर्गत पहिलो पटक छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता प्रदान गरेको हो ।

जनप्रतिनिधी आएसँगै महानगरपालिकाले पहिलो नगरसभामै वजेट छुट्टयाएर प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको हो । महानगरपालिकाका मेयर भिम पराजुली तथा उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी लगायतले सयुक्त रुपमा ४३ जना पहिलो छोरी जन्माउने आमाहरुलाई प्रोत्साहन भत्ता वितरण गरे । महानगरपालिकाले चार वटा मापदण्ड पुरा भएकाहरुलाई प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाइएको उपमेयर इन्दिरा कार्कीले बताइन् ।

नेपाली नागरिकता भएका, २० वर्षपछि विवाह गर्ने, गर्भ अवस्थामा नियमित चार पटक स्वास्थ्य जाच गर्ने तथा स्वास्थ्य केन्द्रमा प्रसुती गराउनेहरुलाई मात्र यो भत्ता प्रदान गरिने उपमेयर कार्कीले जानकारी दिइन् । महानगरपालिकाका मेयर भीम पराजुलीले आर्थिक बर्ष २०७५÷०७६ अन्र्तगत ४३ जनालाई प्रोत्साहन भत्ता वितरण गरिएको बताए ।

छोरीलाई पनि छोरा सरह समाजमा स्थापित गर्न सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले यो अभियान संचालन गरेको उनले बताए । पछिल्लो समयमा गर्भावस्थामा नै भ्रुण पहिचान गरेर छोरी हो भने गर्भपतन गर्ने परिपाटी बढेको पाइएपछि छोरी बचाउन अभियान सुरु गरेको मेयर पराजुलीको भनाई छ ।

प्रोत्साहन भत्ता पाएका आमाहरुले पाएको प्रोत्साहन भत्तामा रकम थप गरेर छोरीलाई पढनका लागी वैंकमा रकम जम्मा गरिदिने बताए । छोरी जन्माउदा मुख खुम्च्याउने प्रवृति समाजमा कायमै रहेकाले त्यसैले पनि यो अभियान महत्वपूर्ण र चेतना मुलक रहेको उनीहरुको भनाई छ । यस्ता कार्यक्रमहरुले भविष्यमा भ्रुण हत्यामा कमी आउनुका साथै समाजमा हुने लैगिंक विभेदमा समेत कमी आउने विराटनगर महानगरपालिकाले जनाएको छ ।

Featured