देश

विप्लवका छोरा प्रकाश चन्द प्रहरी नियन्त्रणबाट मुक्त

काठमाडौं, भदौ २६–चिकित्सकको आन्दोलनका क्रममा चितवनबाट पक्राउ परेका नेत्रविक्रम भन्द विप्लवका छोरा प्रकाश चन्द रिहा भएका छन् । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै विप्लवका छोरा प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो । उनी अरु विद्यार्थीहरुसँगै रिहा भएका हुन् । नियन्त्रणका क्रममा प्रहरीसँगको झडपका क्रममा केही विद्यार्थी घाइते समेत भएका छन् ।

Featured