राजनीति

ओली ज्ञानेन्द्रजस्तै तानाशाही : देउवा

धरान, भदौ २६–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहजस्तै तानाशाही भएको आरोप लगाएका छन् । बुधबार काँग्रेस नगरसभालाई सम्बोधन गर्दै देउवाले ओली नेतृत्वको सरकार तत्काल नसच्चिए ज्ञानेन्द्रजस्तै हालत बनाइदिने चेतावनी समेत दिए ।

सभापति देउवाले देश संघीयतामा गइसक्दा पनि जनताका सम्पूर्ण हक अधिकार खोसेर ओलीले कम्युनिस्ट शासनका नाममा तानाशाही ल्याएको आरोप लगाए । संविधानले नै सिंहदरबारको अधिकार स्थानीय तहलाई दिएको तर ओली सरकारले जनताका अधिकार सिहदरबारमै केन्द्रित गरेको उनको आरोप थियो । यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured