देश

चितवन मेडिकल कलेजमा डेंगुको निःशुल्क परीक्षण

काठमाडौं, भदौ २५–चितवन मेडिकल कलेजले डेंगुको निःशुल्क परीक्षण गरिदिने भएको छ । भरतपुर महानगर र चितवन प्रशासनको आग्रहलाई ध्यान राख्दै कलेजले बिहीबारदेखि निःशुल्क रुपमा डेंगु परीक्षण गर्न लागेको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा जानकारी दिए ।

देशभर डेंगुका कारण ६ जनाको मृत्यु भइसकेको छ भने झण्डै ३५ सयमा यसको संक्रमण देखिएको छ । डेंगुले महामारीको रुपमा लिँदै गरेको अवस्थामा कलेजले कुनै बिरामीलाई डेंगु लागेको वा नलागेको भन्ने थाहा पाउन निःशुल्क रुपमा परीक्षण गरिदिने भएको हो ।

कलेजको समाजिक उत्तरदायित्वअन्तर्गत विपन्न तथा गरिबका लागि भन्दै सरकारको डेंगु नियन्त्रण अभियानमा सहयोग पुराउन १ हजार जनाको निःशुल्क डेंगु परीक्षण गर्ने कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा. हरिश्चन्द्र न्यौपानेले बताए ।

Featured