देश

नेपालबाट विदेशीले दोब्बर बढी प्रतिफल लगिरहेका छन् : अर्थमन्त्री

काठमाडौं, भदौ २५–अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गरेका विदेशी कम्पनीले सबैले कम्तिमा २५ प्रतिशत लाभांश लैजाने गरेको दाबी गरेका छन् । राजधानीमा बुधबारदेखि सुरु भएको पूर्वाधार सम्मेलनमा मन्त्री खतिवडाले विदेशी लगानीकर्ताले अन्य विश्वबजारको तुलनामा नेपालबाट दोब्बर बढी प्रतिफल लैजाने गरेको दाबी गरेका हुन् ।

‘नेपालमा लगानी गरेका प्रायजसो विदेशी कम्पनीले २५ प्रतिशतसम्म लाभांश लगेका छन्,’ अर्थमन्त्री खतिवडाले भने, ‘ ‘अन्य कम्पनीले पनि वार्षिकरुपमा २५ प्रतिशतभन्दा बढी लाभांश लैजान पाउने अवसर छ, जबकि विश्वव्यापी औसत दर १० प्रतिशतभन्दा कम छ ।’

नेपालमा स्थिर सरकार र २४सै घण्टा बिजुली उपलब्ध भएकाले लगानीकर्ताका लागि वातावरण अनुकुल र फाइदाजनक भएको अर्थमन्त्री खतिवडाको भनाइ छ । ‘त्यसैले विदेशी लगानीकर्ताले अब नेपालमा ढुक्क भएर लगानी गर्दा हुन्छ,’ उनले भने ।

Featured