देश

ईलेक्ट्रीसियन तालिम लिएका युवालाई स्वरोजगार बन्न उपकरण प्रदान

विराटनगर, भदौ २५–रतुवामाई नगरपालिकाले बिल्डिङ ईलेक्ट्रीसियन सम्बन्धी सिप सिकेका युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले आवश्यक विभिन्न उपकरणहरु प्रदान गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको ईभेन्ट परियोजना र विश्व बैकको आर्थिक सहयोगमा झापा प्राविधिक शिक्षलायद्धारा रतुवामाई नगरपालिकामा सम्पन्न ३ महिने निशुल्क बिल्डिङ ईलेक्ट्रीसियन सम्बन्धी तालीममा सहभागि २० जना युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले उपकरणहरु प्रदान गरेको हो ।

उनिहरुलाई एक कार्यक्रमका विच रतुवामाई नगरपालिकाका मेयर रविन राई र उपमेयर दयन्तदेवि चुडालले तालिमको प्रमाणपत्र सहित आवश्यक उपकरण र औजारहरु हस्तान्तरण गरे । सो अबसरमा बोल्दै मेयर राईले नगरका सम्पुर्ण युवाको दक्षता बद्धि गरि स्वरोजगार बनाउने लक्ष रहेको बताउदै युवा लक्षित कार्यक्रम नगरपालिकाले सञ्चालन गर्ने बताए ।

तालिम पश्चार सिप सँगै स्वरोजगार बन्न आवश्यक उपकरणहरु तथा औजारहरु उपलब्ध भएपछी उनीहरु हर्षित भएका छन् । उनीहरुले उपलब्ध सामानबाट आफ्नो आर्थिकोपार्जनमा सहजहुने बताए । बिल्डिङ ईलेक्ट्रीसियन तालिम लिएका उनीहरुलाई नगरपालिकाले प्लायर, साईड कटर, स्टेपर स्क्रु डाईभर, हेम्मर, टेस्टर, ड्रील मेशीन र ग्रेण्डर लगायतका सामाग्री वितरण गरेको हो ।

Featured