देश

सरकारको बाध्यकारी नियमसँगै बढ्यो प्यान लिनेको संख्या

काठमाडौं, भदौ २५–नेपाल सरकारले रोजगार गर्ने सबैलाई अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको छ। यससँगै प्यान लिनेका संख्या ह्वात्त्तै बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७५र०७६ को अन्त्यसम्म २१ लाख ७२ हजार २ सय जनाले स्थायी लेखा नम्बर लिएका थिए। तर चालु आर्थिक वर्ष २०७६र०७७ शुरु भएको एक महिनामै सो संख्या बढेर २४ लाख ६३ हजार १ सय १४ पुगेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। साउन महिनामा प्यान लिनेको संख्या १३ प्रतिशत भन्दा बढीले बढेको छ।

अर्थ मन्त्रालयका अनुसार २०७६ साउन मसान्तसम्म १२ लाख १४ हजार ५ सय २१ जनाले व्यवसायको स्थायी लेखा नम्बर लिएका छन् भने १२ लाख ४७ हजार ४ सय ८९ जनाले करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। थप २ लाख ९० हजार ९ सय १४ करदाताले साउन महिनामा मात्रै स्थायी लेखा नम्बर लिएका छन्। त्यस्तै साउन महिनामा मात्रै ११ हजार ३ सय २२ नयाँ करदाताहरु मूल्य अभिवृद्धि करमा दर्ता भएका छन्। २०७६ साउन मसान्तमा मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख २५ हजार ९२ पुगेको बताइएको छ।

Featured