विदेश

विश्वकै सर्वाधिक खतरनाक देशमा भारत पाँचौं स्थानमा, पहिलो कुन?

काठमाडौं, भदौ २५-एकातिर भारतले चन्द्रमामा जाने सोच बनाइरहेको छ भने अर्कातर्फ एक्सपाट इन्साइडरको एक सर्भेमा भारत विश्वकै पाँचौं सर्वाधिक खतरनाक देश भएको छ।

यो सर्भे आफ्नो मुलुक छाडेर विदेशमा बस्ने र त्यहाँ काम गर्ने मानिसको अन्तर्वार्ताका आधारमा तयार पारिएको हो।

यो सूचीमा भारत र पाकिस्तानजस्ता मुलुकहरूको नाम त्यति अन्तरमा रहेका छैनन्।

सूचीमा भारतका अतिरिक्त अन्य देशको नाम पनि समावेश छ। पहिलो स्थानमा ब्राजिल, दोस्रोमा दक्षिण अफ्रिका, तेस्रोमा नाइजेरिया तथा चौथोमा अर्जेन्टिना रहेका छन्।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

Featured