देश

र्या्फ्टिङ एजेन्सिजको अध्यक्षमा गंगाप्रसाद नेपाल निर्वा्चित

काठमाडौं, भदौ २५–साहसिक जलयात्रा पर्यटन व्यवसायीको संस्था नेपाल एसोसिएशन अफ र्या्फ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा गंगाप्रसाद नेपाल चुनिएका छन् । नाराको मंगलबार सम्पन्न ३१औँ साधारणसभा तथा निर्वाचनमा अर्का उम्मेदवार कमलबहादुर ठकुरीलाई पराजित गर्दै नेपाल निर्वा्चित भएका हुन् । नेपालले ३७ मत प्राप्त गर्दा ठकुरीको पक्षमा २५ मत मात्र खस्यो ।

उपाध्यक्षमा मेघबहादुर आले, महासचिवमा शिशिर खनाल, सचिवमा इन्द्रबहादुर राना, कोषाध्यक्षमा रीता अधिकारी र सहकोषाध्यक्षमा नारायण श्रेष्ठ निर्वा्चित भए , यस्तै सदस्यमा इन्दुदेवी वाग्ले, राजेन्द्र थपलिया र गोपाल राना विजयी भए । नारामा ८५ कम्पनी आवद्ध छन् ।

Featured