देश

हरेक ४० सेकेन्डमा एक जनाले गर्छन आत्महत्या

जेनेभा, भदौ २५–विश्वमा हरेक वर्ष झण्डै ८ लाखले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्यांकअनुसार औसतमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ । प्रतिवेदनमा आत्महत्या गरेर मृत्यु हुनेहरुको भन्दा धेरै बढी अन्य घटनाबाट मर्नेको संख्या रहेको उल्लेख गरिएको छ ।

विशेषगरी युद्ध, हत्या, स्तनक्यान्सरलगायत मृत्युका मुख्य कारण रहेको लब्लुएचओले जनाएको छ । पछिल्लो विवरणअनुसार राष्ट्रसंघीय स्वास्थ्य निकायले विश्वमा आत्महत्या गर्नेको संख्या भने पहिलेको तुलनामा अहिले घटेको उल्लेख गरेको छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured