राजनीति

नेकपाको शपथ ग्रहण कार्यक्रममा कुटाकुट

बर्दिबास, भदौ २४–नेकपा प्रदेश २ को शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको छ । महोत्तरीको बर्दिबासमा मंगलबार आयोजित शपथ ग्रहण समारोहमा पूर्वएमाले र पूर्वमाओवादी पक्षबिच झडप भएको हो । प्रदेश २ का बारा र पर्साबाहेक ६ जिल्लाको शपथ हुने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको छ । शपथ ग्रहण स्थगन गर्ने भनिए पनि सिरहा र सप्तरीको शपथ ग्रहण गराउन लाग्दा कार्यक्रमस्थलमा कुटाकुट भएको हो ।

नेकपाका शीर्ष नेताहरूले सक्रियहरूलाई भन्दा आआफ्ना आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेपछि असन्तुष्टहरूले कार्यक्रम बिथोल्ने चेतावनी दिँदै आएका थिए । असन्तुष्ट नेता कार्यकर्ताले चेतावनी दिँदादिँदै कार्यक्रम यथावत राखेपछि भएको झडपमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको नेकपाका एक नेताले बताएका छन् । झडपमा कार्यक्रमस्थलका कुर्सी र टेन्टको समानहरू समेत टुटफुट भएका छन् ।

Featured