देश

प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

सोलुखुम्बु, भदौ २४-संचार तथा प्रविधि सम्बन्धी प्रदेशस्तरीय २ दिने अन्तरक्रिया कार्यक्रम सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पन्न भएको छ। संचार तथा प्रविधि मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले संचार क्षेत्र तथा सरकारी निकायलाई सूचना प्रविधिमा चुस्त दुरुस्त बनाउने मन्त्रालयको नीति अनुसार प्रदेशस्तरीय अन्तरक्रिया शुरु गरेको जानकारी दिनुभयो।

उहाँले आमसंचार तथा सूचना प्रविधिलाई नीतिगत व्यवस्था गर्दै साइबर सुरक्षा, डिजिटल हस्ताक्षर लगायतका विषयहरुलाई प्रभावकारी बनाउन विज्ञापन विधेयक, आमसञ्चार विधेयक आउन लागेको जानकारी दिनुभयो।

सात वटै प्रदेशमा हुने यो अन्तरक्रिया प्रदेश १ को सोलुखुम्बुमा आज सम्पन्न भएको हो। सूचना प्रविधि आजको आधारभूत आवश्यकता बनेको सन्दर्भमा यसका चुनौती र अवसरलाई अधिकतम उपयोग गरेर प्रभावकारी बनाउन अन्तरक्रियाले सहयोग हुने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

दुई दिनसम्म सञ्चालन भएको उक्त अन्तरक्रियामा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सरकारले गरेको अभ्यास, सम्भावना, चुनौती तथा अवसरको जानकारी दिदैं इमेल निर्दे्शिका, आमसञ्चार, पत्रपत्रिका वर्गिकरण डिजिटल नेपाल, डिजिटल हस्ताक्षर लगायतका विषयमा छलफल भएको छ। कार्यक्रमको समन्वय सहयोगी तथा जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका गरेको थियो।

Featured