देश

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, आजैबाट लागू हुने

काठमाडौं, भदौ २४-नेपाल आयल निगमले डिजेल÷मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ। पेट्रोलियम पाइपलाइन उद्घाटनकै दिन निगमले डिजेल-मट्टितेल र पेट्रोल मूल्य घटाएको हो।

मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल-मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाएको हो। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार प्रमुख तीन इन्धनको साविक मूल्यमा २ रुपैयाँ घटाइएको हो।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल-मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ।

Featured