देश

त्रिभुवन विमानस्थलबाट अबैध सुनसहित समातिए एक व्यक्ति

काठमाडौं, भदौ २४-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सुनसहित एक व्यक्ति पक्राउ परेका छन्। विमानस्थल प्रहरीका अनुसार ३ सय ८० ग्राम अवैध सुनसहित कर्मा टासी लामालाई पक्राउ गरिएको हो।

बैंककबाट  नेपाल वायु सेवा निगको विमानबाट सोमबार काठमाडौं ओर्लिएका टासी लाई त्रिभुवन विमानस्थल भन्सारमा चेक जाँच गर्ने क्रममा अवैध सुन भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

टासीबारे अनुसन्धान भइरहेको त्रिभुवन भन्सार कार्यालय स्रोतले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसरी पटकपटक अवैध सुन भित्रिने गरेका छन्।

Featured