देश

यू–१९ एसिया कपः सान्त्वना जितको खोजीमा नेपाल

काठमाडौं, भदौ २४–श्रीलंकामा जारी एसीसी यू–१९ एसियाकप क्रिकेटमा नेपालले आज समूह चरणको अन्तिम खेलमा युएईको सामना गर्दैछ । सुरुवाती दुवै खेलमा पराजित भएर प्रतियोगिताबाटै बाहिएिको नेपाल आज सान्त्वना जितको खोजीमा मैदान उत्रिनेछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । सान्त्वना जितसहित घर फर्किने योजनामा रहेको नेपाल तुलनात्मक रुपमा कमजोर टिम युएईमाथि हाबी हुने योजनामा हुनेछ ।

युएई पनि प्रतियोगिताबाट बाहिरिइसकेकाले उसको लक्ष्य पनि सान्त्वना जित हुनेछ । समूह बी मा दुई खेल गुमाएको नेपाल अंक विहीन रहँदै तेस्रो स्थानमा छ भने यूएई अन्तिममा छ । सुरुवाती दुवै खेलमा जित निकालेका आयोजक श्रीलंका र बंगलादेश भने सेमिफाइनलमा पुगिसकेका छन् । समूह विजेताको तय भने मंगलबार नै हुने दुईबीचको खेलबाट हुनेछ । जित निकाल्ने टिम समूह विजेता बन्नेछ । नेपाल र युएईका पछिल्लो पाँच खेलमध्ये चार खेलमा खेलमा जित निकालेको छ । तर, यसै वर्ष भएको यू–१९ विश्वकप छनोटमा नेपाललाई युएईले हराएको थियो ।

गत अप्रीलमा मलेसियामा भएको विश्वकप छनोटमा नेपाल डीएल पद्दतिको आधारमा १ रनले पराजित भएको थियो । वर्षाले प्रभावित बनेको सो खेलको हारले नेपाल विश्वकपमा पुग्न असफल भएको थियो । नेपाल सो हारको बदला लिने धुनमा समेत हुनेछ ।

Featured