काठमाडौं, भदौ २३–विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भ पारेर स्वास्थ्य सेवा विभाग र इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले संयुक्त रुपमा आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामूलक र्याली आयोजना गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गरी माहाशाखाले मंगलबार बिहान ७ बजे आत्महत्या रोकथाममा सबैको सहकार्य नारासहित र्याली आयोजना गरेको जानकारी दिएको हो ।
विश्वमा नै जर्जर अवस्थामा रहेको बढ्दो आत्महत्यालाई दुरुत्साहन गर्ने कार्य उल्लेख्य मात्रामा नहुँदा अहिले प्रतिदिन १४ देखि १६ जना व्यक्तिले आत्महत्या गर्ने गरेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फणिन्द्रप्रसाद बरालले बताए । ‘नेपाल विश्वको सबैभन्दा धेरै आत्महत्या गर्ने मुलुकको सातौं स्थानमा छ,’ उनले भने, ‘नेपालमा आत्महत्या डेंगुभन्दा उग्र रुपमा बढ्दै गएको छ ।’
नेपालमा गत वर्षमात्रै आत्महत्या गर्नेको संख्या ८.२२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७५र७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेको तथ्यांक छ । यो संख्या बर्से्नि बढ्दो क्रममा रहेको हुँदा सरकारले तत्काल आत्महत्या रोकथाममा कदम चाल्नुपर्ने माहाशाखा प्रमुख बरालले बताए ।
प्रतिक्रिया दिनुहोस