देश

कला र संस्कृतिकाे संरक्षण हुनु भनेको पर्यटनको विकास हुनु हो: मन्त्री भट्टराई

काठमाडौं, भदौ २३-संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ललितपुरलाई कला र संस्कृतिको ‘जीवित म्युजियम’ को रुपमा ब्याख्या गरेका छन्।

ललितपुरको मंगलबजारमा सोमबारबाट सुरु भएको ४ दिने ‘सार्क हस्तकला प्रर्दशनी तथा कार्याशाला गोष्ठी’ को उद्घाटन गर्दै मन्त्री भट्टराईले ललितपुरलाई कला र संस्कृतिको जीवित म्युजिमयको रुपमा ब्याख्या गरेका हुन्। उनले ललितपुर सहित काठमाडौं उपत्यकाको कला र संस्कृतिलाई संरक्षण तथा प्रबन्धन गरि नेपाललाई विश्व माझ चिनाउन चाहेको स्पष्ट पारे।

मन्त्री भट्टराईले कला र संस्कृतिको धनी भएकाले पनि नेपालमा पर्यटन विकासको अधिक सम्भावना रहेको पनि स्मरण गराए। उनले कला र संस्कृतिको संरक्षण गरेर सरकारले मुलुकको समृद्धिमा योगदान दिन चाहेको पनि बताए।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर विश्वकै सम्पदाहरुको नमूना सहर भएकाले यसको संरक्षणमा लागि परेको बताए। उनले कला र संस्कृतिको मूल थलोको रुपमा रहेको ललितपुरलाई त्यसकै माध्यामबाट समृद्ध बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।

४ दिनसम्म चल्ने प्रर्दशनीमा बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्सलगायतका मुलुकको पनि स्टल राखिएका छन्।

Featured