खेलकुद विदेश

नडेज्दा कप महिला च्याम्पियनसिपमा नेपाल पराजित

काठमाडौं, भदौ २३-नडेज्दा कप महिला च्याम्पियनसिपमा नेपाली महिला फुटबल टोलीले आफ्नो दोस्रो खेलमा हार बेहोरेको छ।

आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानमाथि ८–२ को शानदार जित निकालेको नेपालले दोस्रो खेलमा सोमबार बलियो मानिएको उज्बेकिस्तानसँग २–० को हार बेहोर्यो। हारका बावजुद नेपालको फाइनल प्रवेशको सम्भावना कायम छ।

नेपालले लिग चरणको अन्तिम खेलमा मंगलबार ताजिकिस्तानसँग खेल्नेछ।

Featured