देश

दुर्घटनामा नेतृ हिसिला यमी घाइते

काठमाडौं, भदौ २३–समाजवादी पार्टी नेपालकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमी सवारी दुर्घटनामा परी घाइते भएकी छन् । आइतबार पार्टीको बैठकमा सहभागी हुन जाने क्रममा उनी चढेको स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी घाइते भएकी हुन् । उनको बीएण्डबी अस्पताल सातदोबाटोमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

दुर्घटनामा परेर शरीरमा घाउ चोट नदेखिए पनि टाउकोमा असर परेको चिकित्सकको अनुमान भएपनि उनी विस्तारै सामान्य अवस्थामा फर्किसकेको सो पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले बताए । प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ । समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पत्नी हिसिलासँग नाचिरहेको तस्बिर फेसबुकमा पोस्ट गरेका छन् ।

Featured